घुस लिएको आरोपपछि हटाइए दोलखाका सीडीओ, गृहले छानविन गर्ने

काठमाडौंः दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । घुस लिएको आरोप लागेका प्रमुख जिल्ला अधिकारी रिजाललाई छानविनका लागि काडमाडौं तानिएको हो ।

प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप बिहीबार पत्रकार सम्मेलन गरेर लगाएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजालमाथि घुस लिएको नलिएको बारे थप छानबिन गरिने बताए । रिजालले घटना बाहिरिएपछि बिहीबारै रकम फिर्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्