माल्दिभ्सविरुद्ध नेपालाई पहिलो झड्का, पारस सस्तैमा आउट

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पारस खड्कालाई ११ रनमा गुमाएको हो । उनी १.६ ओभरमा ‘क्याच आउट’ हुने पुगे ।

आज नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ ।

याे पनि पढ्नुस  नेपाललाई तेस्रो झड्का, कप्तान खड्का सस्तैमा आउट

दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ ।

नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

कमेन्ट गर्नुहोस्