माल्दिभ्सविरुद्ध नेपालले एक ओभरमा गुमायो २ विकेट!

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा ३ विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई १९ रनमा गुमाएको छ ।

यसअघि आरिफ शेख १९, आरिफ शेख १७, पारस खड्का ११ रनमा आउट भइसकेका छन् । आरिफ ५.२ र मल्ल ५.६ ओभरमा आउट भएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा ३ विकेट गुमाएर ४८ रन बनाएको छ ।

याे पनि पढ्नुस  सागः महिला क्रिकेटमा नेपाललाई कास्य

नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ ।

याे पनि पढ्नुस  १३ औँ सागः माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित

नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

कमेन्ट गर्नुहोस्