काठमाडौंः १३ औं साग अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।
शुक्रबार गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा बंगलादेशका महोम्मद फरादलाई हराउँदै स्वर्ण दिलाए ।
फरादले रजत हात पारे भने नेपालकै शुक्रबाहदुर राईले कांस्य जितेका छन् ।
योसँगै नेपालको स्वर्ण संख्या ३८ पुगेको छ ।