सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अनुमति

विराटनगरः सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुसन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । अनुसन्धान नसकिएको भन्दै शुक्रबार सुनसरी जिल्ला अदालतले उनलाई पुनः सात दिन थुनामा राख्न अनुमति दिएको हो ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गत मंसिर १६ गते उनलाई विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो । पक्राउपछि अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।

अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेको थियो ।

कमेन्ट गर्नुहोस्