श्रीलंकासँग नेपाल पराजित, पूरा भएन फाइनल पुग्ने सपना

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपाल फाइनल पुग्न असफल भएका छन् ।

आज टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध ४१ रनले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको हो ।

श्रीलंकाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनायो ।

नेपालका लागि कप्तान रुबिना बेल्बासीले सर्बाधिक १९ रन बनाइन् । यसअघि पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनायो ।

उसका लागि लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५, कप्तान हर्षित मडावीले १६,  सत्य सन्दीपनीले २२, उमेषा थिमाशिनीले २ र जिमान्जाली विजनेयके रन बनाइन् ।

बलिङमा नेपाली सोनु खड्का सरस्वतीकुमारी चौधरीले २–२ र अञ्जली चन्दले एक विकेट लिइन् ।

कमेन्ट गर्नुहोस्