गल्फको पुरुष टिम इभेन्टमा पनि नेपाललाई स्वर्ण, स्वर्ण संख्या ३९ पुग्यो

काठमाडौंः १३ औं साग अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । योसँगै नेपालको स्वर्ण संख्या ३९ पुगेको छ ।

गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो ।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् ।

नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए ।

कमेन्ट गर्नुहोस्