महिला हिंसा अन्त्यका लागि दिर्घकालिन योजना बनाउँदै सरकार

काठमाडौंः सरकारले महिलामाथि हुने हिंसा अन्त्यका लागि दिर्घकालिन योजना बनाउने जनाएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रमबारे जानकारी दिन आज महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महिलामाथि हिंसा अन्त्य गर्नका लागि दिर्घकालिन योजना बनाइएर बर्षभरिनै अभियाना चलाइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आगामी मंसिर २२ गते काठमाडौंमा वृहत कार्यक्रम गरिने जानकारी गराइएको थियो ।

नेपाल प्रहरीका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी हिंसाका घटना भएको जानकारी दिँदै त्यस्ता हिंसाका घटना सँधैका लागि अन्त्य गर्न सबै प्रदेश र स्थानीय सरकारले प्रतिवद्धता जनाइसकेको पनि जानकारी दिइएको थियो ।

कमेन्ट गर्नुहोस्