माल्दिभ्सलाई पहिलो झड्का, सुशनलाई सफलता

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले पहिलो विकेट गुमाएको छ ।

उसले पहिलो विकेटका रुपमा ५.५ ओभरमा मोहम्मद रिजवानलाई १३ रनमा गुमाएको हो । उनलाई सुशन भारीले विकेटकीपर विनोद भण्डारीको हातबाट ‘क्याच आउट’ गराए । यसअघि

याे पनि पढ्नुस  सागमा नेपालले पहिलो पटक जित्यो ५१ स्वर्ण पदक

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

नेपालका लागि करन केसीले बिस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाए ।

याे पनि पढ्नुस  सागको सातौं दिन, आज कुन–कुन खेलमा हुँदैछ प्रतिस्पर्धा? (सूचीसहित)

यस्तै दिपेन्द्रसिंह ऐरीले ३९, विनोद भण्डारी, कप्तान ज्ञानेन्द्र मल्लले १९–१९, रोहित पौडेलले १०, आरिफ शेखले १७, पारस खड्काले ११ रनको योगदान दिए । बलिङमा माल्दिभ्सका लीम शफीगले सर्बाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ ।

याे पनि पढ्नुस  माल्दिभ्सविरुद्ध नेपाल १० विकेटले विजयी, अञ्जलीले लिइन् ६ विकेट

नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

कमेन्ट गर्नुहोस्