माल्दिभ्सकाे तेस्रो विकेट पतन, ललितले दिलाए सफलता

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले तेस्रो विकेट गुमाएको छ ।

उसले तेस्रो विकेटका रुपमा १० ओभरको अन्तिम बलमा अहमद हसनलाई ६ रनमा गमाएको हो । उनलाई ललितनारायाण राजवंशीले आउट गरे । उनले ८.४ ओभरमा उमर आदमलाई पनि ९ रनमा आउट गर्न सफल भएका थिए ।

यसअघि माल्दिभ्सले ५.५ ओभरमा मोहम्मद रिजवानलाई १३ रनमा गुमाउन पुग्यो । उनलाई सुशन भारीले विकेटकीपर विनोद भण्डारीको हातबाट ‘क्याच आउट’ गराए ।

यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

नेपालका लागि करन केसीले बिस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाए ।

कमेन्ट गर्नुहोस्