रुपन्देहीमा धारिलो हतियार प्रहार गरी छोराद्धारा आफ्नै आमाबुवाको हत्या

बुटवलः रुपन्देहीको ओमसतियामा छोराले आफ्नै आमाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ ।

ओमसतिया गाउँपालिका, ४ का गोरखबहादुरले ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी हेम थापाका अनुसार हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्