गौरिका सिंहले दिलाइन् नेपाललाई अर्को स्वर्ण

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् ।

गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् ।

उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् ।

गौरिकाको जारी सागमा यो दोस्रो स्वर्ण हो । उनले यसअघि बिहीबारको प्रतिस्पर्धामा पनि स्वर्ण जितेकी थिइन् ।

नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।

कमेन्ट गर्नुहोस्