दाजुलाई गाडीबाट उतारेर बालिकालाई बलात्कार गर्ने चालक पक्राउ

गुल्मीः स्कुल हिँडेकी १० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।

गाडी चढेर आफ्ना दाजुसँगै स्कुल जाँदै गर्दै बालिकाका दाजुलाई गाडीबाट सडकमा उतारेर चालकले बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए ।

बहिनीलाई चालकले सँगै लगेपछि दाजुले परिवारलाई खबर गरेका थिए ।

कमेन्ट गर्नुहोस्