गायक रोकायाको ‘बाजा बर्‍यात’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः ‘बझाङ सुर्मा ताल’बोलको देउडा गीतको लोकप्रियतासँगै नवगायक सन्तोष रोकायाले अर्को नयाँ गीत बजारमा ल्याएका छन् ।

उनले नयाँ कोसेलीका रुपमा ‘बाजा बर्यात’ बोलको देउडा गीत बजारमा ल्याएका हुन् । गायक रोकायालाई यो गीतमा अहिलेकी चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् ।

गीतको भिडियोमा चर्चित गायक एवं माेडल चक्र बम र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ ।

रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ । यस्तै यो गीतमा गायक बम र रोहित देउवाको लिरिक्स रहेको छ ।

‘बाजा बर्यात’को भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र विक्रम चौहानले निर्देशन गरेका हुन् ।

७ घण्टा अघि युट्यबमा सार्वजनिक भएको रोकायाको याे गीतलाई दर्शकले राम्रो रुचाएका छन् ।

यो समाचार तयार पार्दासम्म उनको उक्त गीतलाई २७ हजार बढीले हेरिसकेका छन् । र, दर्शकस्रोताले राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्