टी–२० सिरिजः भारतविरुद्ध हेटमाइरको शानदार अर्धशतक

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमै वेस्ट इन्डिज टिमका विस्फोटक ब्याट्सम्यान शिमरोन हेटमाइरले शानदार अर्धशतक बनाएका छन् ।

उनले ४ छक्का र २ चौकाको मद्दतमा ३५ बलमा अर्धशतक बनाएका हुन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हिटमायरको यो पहिलो अर्धशतक हो । टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले यो समाचार तयार पार्दासम्म १६ ओभरमा ३ विकेट गुमाएर १ सय ५५ रन बनाइसकेको छ ।

कमेन्ट गर्नुहोस्