टी–२० सिरिजः वेस्ट इन्डिजले दियो भारतलाई २०८ रनको लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली वेस्ट इन्डिजले भारतलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रन बनायो ।

उसका लागि शिमरोन हेटमाइरले शानदार अर्धशतक बनाए । उनले ४ छक्का र २ चौकाको मद्दतमा ४१ बलमा ५६ रन बनाए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हिटमायरको यो पहिलो अर्धशतक हो ।

यस्तै इभन लुइसले ४०, कप्तान किरण पोलार्डले ३७, ब्रेण्डन किंग्सले ३१ रनको योगदान दिए ।

पूर्वकप्तान जसन होल्डर २४ र दिनेश रामदिन ११ रनमा अविजित रहे ।

बलिङमा भारतका युजवेन्द्र चहलले २, दीपक चहर, वासिङटन सुन्दर र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्