पाकिस्तान सुपर लिगमा बिकेनन् सन्दीप!

काठमाडौंः आउँदो पाकिस्तान सुपर लिग (पीएसएल) का लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कुनै पनि टिमले आवद्ध गराएका छैनन् ।

आज जारी पीएसएलको ड्राफ्टमा लेग स्पिनर सन्दीपलाई कुनै पनि टिमले किनेनन् ।

पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनमको न्यूनतम मूल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको थियो ।

एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ । जसमा ३ जना प्लाटिनम श्रेणीको खेलाडी किन्न पाउने छन् ।

गत सिजनमा लाहोर क्वालन्डर्सबाट खेलेका सन्दीपले उत्कृष्ट बलिङसमेत गरेका थिए । उनलाई यो पटक कलन्दर्सले रिलिज गरेको थियो ।

पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् ।

कमेन्ट गर्नुहोस्