निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौंः निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

निजगढ विमानस्थल बनाउँदा लाखौँ रुख काटिने र यसले वन्यजन्तुलाई समेत असर गर्ने भन्दै सर्वोच्चमा दायर भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले तत्कालका लागि विमानस्थल बनाउने काम यथास्थितिमै राख्न आदेश दिएको हो ।

आदेशमा रिटका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई छलफलका लागि मंसिर २९ गते बोलाइएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

रिटका सम्बन्धमा अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने बारेमा दुवै पक्षको छलफलपछि निर्णय लिने आदेशमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्