वेस्ट इन्डिजविरुद्ध केएलको अर्धशतक, रोमाञ्चक बन्दै खेल

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारतीय टिमका ओपनर केएल राहुलले अर्धशतक बनाएका छन् । उनले २ छक्का र ५ चौकाको मद्दतमा ३७ बलमा अर्धशतक बनाएका हुन् ।

पहिलो विकेटका रुपमा रोहित शर्मालाई सस्तैमा गुमाएको भारतको इनिङ्सलाई केएल र विराट कोहलीले सम्हालिरहेका छन् । उनीहरु दुवैबीच ८० भन्दा बढी रनको साझेदारी भइसकेको छ ।

यो समाचार तयार पार्दा भारतले १२.४ ओभरमा १ विकेट गुमाएर १ सय १६ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रन बनायो ।

उसका लागि शिमरोन हेटमाइरले शानदार अर्धशतक बनाए । उनले ४ छक्का र २ चौकाको मद्दतमा ४१ बलमा ५६ रन बनाए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हिटमायरको यो पहिलो अर्धशतक हो ।

यस्तै इभन लुइसले ४०, कप्तान किरण पोलार्डले ३७, ब्रेण्डन किंग्सले ३१ रनको योगदान दिए ।

पूर्वकप्तान जसन होल्डर २४ र दिनेश रामदिन ११ रनमा अविजित रहे ।

बलिङमा भारतका युजवेन्द्र चहलले २, दीपक चहर, वासिङटन सुन्दर र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्