१३ औँ सागः फाइनल प्रवेशका लागि बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुरुष क्रिकेटमा नेपालले बंगलादेश–२३ विरुद्ध खेल्दै छ ।

फाइनल प्रवेशका लागि भइरहेको बंगलादेश र नेपालबीचको खेल नेपाली समयअनुसार बिहान ९ बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

जारी प्रतियोगितामा नेपालले ३ खेलमा २ मा जित र एक खेलमा पराजय भोगेको छ । यता बंगलादेशले २ खेलमै जित हासिल गरेको छ ।

नेपालविरुद्ध खेल्ने बंगलादेशको टिम बलियो छ । टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीसमेत समावेश छन् ।

उसका सौम्य सरकार, मोहम्मद नइम, अफिफ हुसेन, जकिर हसन, नजिमुल हुसेनले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

कमेन्ट गर्नुहोस्