१३ औँ सागः स्वर्णमा पुरुषभन्दा महिला अगाडि

काठमाडौंः १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण जितेको छ। स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन्।

पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्याएका छन्। यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो।

अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

खासगरी स्विमिङ, एथलेटिक्स, भारत्तोलन, ट्रायथलन, साइक्लिङ, उसुलगायत खेलमा महिलाले कीर्तिमान राखेका छन्।

कमेन्ट गर्नुहोस्