म्याराथनमा किरणले जिते स्वर्ण पदक

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।

किरणले निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे ।

म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

कमेन्ट गर्नुहोस्