काठमाडौः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बङ्लादेशबीच जारि टी२० खेलमा नेपालले अर्को सफलता पाएको छ ।
बङ्लादेशले १०.२ ओभरमा यासिर अलिको ओभर गुमाएको छ ।
नेपाली बलर अभिनास बोहराले अलिको विकेट लिएका छन् ।
यसअघि दक्षिण एशियालि प्रतियोगिता साग अन्तर्गत आज भईरहेको खेलमा पारसले बङ्लादेशविरुद्ध बल फाल्दै ३ विकेट लिएका थिए ।
दोश्रो ओभरमा मैदान छिरेका पारसले आफ्नो पहिलो ओभरमै एक विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएका थिए ।
पारसले मोहम्मद नईम, सैफ हसन र सौम्य सरकारको विकेट लिएका हुन ।
बंगलादेशविरुद्ध उनले चार ओभर बल गरेका छन् ।
११ ओभरको खेल समाप्त हुँदासम्म बङ्लादेशले ४ विकेटको क्षतिमा ६३ रन बनाएको छ ।