मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु

दाङः रोकी राखेको ट्याक्टरसँग मोटरसाईकल ठोक्किँदा घोराही उपमहानगरपालिका–८ का १९ वर्षीय रेशम वलीको ज्यान गएको छ।

मोटरसाईकलमा सवार घोराही १० का १८ वर्षीय अमृत चौधरी घाईते भएका छन्। तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा २ प ९३५० नम्बरको मोटरसाईकल शुक्रवार साँझ साढे सात बजे घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो।

दुर्घटनामा परि घाइते भएका वलीलाई घोराहीमा प्रारम्भिक उपचार गरी कोहलपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्