साग क्रिकेटः बङ्लादेशले नेपाल सामु राख्यो १५६ रनको लक्ष

काठमाडौः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बंगलादेशबीच जारि टी२० खेलमा बंगलादेशले नेपाल सामु ६ विकेटको क्षतिमा १५६ रनको लक्ष राखेको छ ।

सुरुआती ओभरमा आक्रामक बलिङ खेलेको नेपाल सामु दबाबमा देखिएको बङ्लादेशले खेलको मध्य समयदेखि रनरेटमा वृद्धि गरेको थियो ।

नेपालले बंगलादेशको ५ विकेट लिएपनि बंगलादेशले १५६ रन बनाउन सफल भएको छ ।

ललित राजवंशिलाई नखेलाउनु नेपालका लागि कमजोर साबित हुने अवसर दिएको टिप्पणि प्रशंसकहरुले गरेका छन् ।

बंगलादेशका तर्फबाट नजमुल हुसैनले ६० बलको सामना गर्दै ७५ रनको योगदान दिए । कप्चान अफि हुसैनले ३० बलमा ५५ रन दिए ।

नेपालका तर्फबाट दिपेन्द्र एेरिले १९ औं ओभरमा २ विकेट लिएका छन् । उनले कप्तान हुसैन, र महदुल ईस्लामको विकेट लिएका थिए । यसअघि १०।२ ओभरमा अभिनास बोहराले यासिर अलिको विकेट लिएका थिए।

दक्षिण एशियालि प्रतियोगिता साग अन्तर्गत आज भईरहेको खेलमा पारसले बंगलादेशविरुद्ध बल फाल्दै ३ विकेट लिएका थिए ।

दोश्रो ओभरमा मैदान छिरेका पारसले आफ्नो पहिलो ओभरमै एक विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएका थिए ।

पारसले मोहम्मद नईम, सैफ हसन र सौम्य सरकारको विकेट लिएका हुन ।

बंगलादेशविरुद्ध उनले चार ओभर बल गरेका छन् ।

११ ओभरको खेल समाप्त हुँदासम्म बङ्लादेशले ४ विकेटको क्षतिमा ६३ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्