काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले फेरि अर्को विकेट गुमाएको छ ।
नवौ ओभरमा सौम्य सरकारको पाँचौ बलमा दिपेन्द्र आउट भएका हुन ।
योसँगै नेपाल ठुलो दबाबमा परेको छ ।
नेपाललाई संवरण जित्न आजको खेल जित्नैपर्ने दबाब छ । १० ओभरको खेल हुँदासम्म नेपालले ४ विकेटको क्षतिमा ५७ रन बनाएको छ ।
पूर्व कप्तान पारस खडका ९ रन बनाएर आउट भएका छन् । पारस लगत्तै आएका पवन सराफ पनि आउट भएका छन् ।
पवनपछि खेल्न आएका आरिफ शेख पनि आउट भएका छन् ।
तीनैजना खेलाडि क्याच आउट भएका हुन।
तनवीर हसनको बल खेल्ने क्रममा हसन मोहम्मदले क्याच गरेपछि पारस आउट भएका थिए ।
नेपालले ३ विकेटको क्षतिमा ४ ओभरमा १६ रन बनाएको छ ।
यसअघि खेल्दै बंगलादेशले नेपाल सामु ६ विकेटको क्षतिमा १५६ रनको लक्ष राखेको छ ।
सुरुआती ओभरमा आक्रामक बलिङ खेलेको नेपाल सामु दबाबमा देखिएको बंगलादेशले खेलको मध्य समयदेखि रनरेटमा वृद्धि गरेको थियो ।
नेपालले बंगलादेशको ५ विकेट लिएपनि बंगलादेशले १५६ रन बनाउन सफल भएको छ ।
ललित राजवंशिलाई नखेलाउनु नेपालका लागि कमजोर साबित हुने अवसर दिएको टिप्पणि प्रशंसकहरुले गरेका छन् ।
बंगलादेशका तर्फबाट नजमुल हुसैनले ६० बलको सामना गर्दै ७५ रनको योगदान दिए । कप्तान अफि हुसैनले ३० बलमा ५५ रन दिए ।