रोहित पनि आउट, नेपाल संकटमा

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बंगलादेशबीच जारि टी २० खेलमा
रोहित पनि आउट भएका छन् योसँगै नेपाल ठुलो दबाबमा परेको छ ।

नेपाललाई संवरण जित्न आजको खेल जित्नैपर्ने दबाब छ । १४ ओभरको खेल हुँदासम्म नेपालले ६ विकेटको क्षतिमा ८४ रन बनाएको छ ।

पूर्व कप्तान पारस खडका ९ रन बनाएर आउट भएका छन् । पारस लगत्तै आएका पवन सराफ पनि आउट भएका छन् ।

पवनपछि खेल्न आएका आरिफ शेख पनि आउट भएका छन् ।

तीनैजना खेलाडि क्याच आउट भएका हुन।

तनवीर हसनको बल खेल्ने क्रममा हसन मोहम्मदले क्याच गरेपछि पारस आउट भएका थिए ।

नेपालले ३ विकेटको क्षतिमा ४ ओभरमा १६ रन बनाएको छ ।

यसअघि खेल्दै बंगलादेशले नेपाल सामु ६ विकेटको क्षतिमा १५६ रनको लक्ष राखेको छ ।

सुरुआती ओभरमा आक्रामक बलिङ खेलेको नेपाल सामु दबाबमा देखिएको बंगलादेशले खेलको मध्य समयदेखि रनरेटमा वृद्धि गरेको थियो ।

नेपालले बंगलादेशको ५ विकेट लिएपनि बंगलादेशले १५६ रन बनाउन सफल भएको छ ।

ललित राजवंशिलाई नखेलाउनु नेपालका लागि कमजोर साबित हुने अवसर दिएको टिप्पणि प्रशंसकहरुले गरेका छन् ।

बंगलादेशका तर्फबाट नजमुल हुसैनले ६० बलको सामना गर्दै ७५ रनको योगदान दिए । कप्तान अफि हुसैनले ३० बलमा ५५ रन दिए ।

कमेन्ट गर्नुहोस्