साग क्रिकेटः नेपाल बंगलादेशसंग ४४ रनले पराजित

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बंगलादेशबीच जारि टी २० खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ ।

टस जितेर बलिङको निर्णय लिएको नेपाल सामु बंगलादेशले ६ विकेटको क्षतिमा १५६ रनको लक्षय राखेको थियो ।

नेपालले लक्ष्य पछ्याउने क्रममा ९ विकेटको क्षतिमा १११ रन मात्रै जोड्न सक्यो ।
पाँच ओभर नपुग्दै नेपालका तर्फबाट पुर्व कप्तान पारस खडका लगायत ३ जना आउट भएपछि नेपालको ब्याटिङ धर्मराएको थियो ।

बंगलादेशको कसिलो बलको सामना गर्न नसक्दा २० ओभरमा ९ जना आउट भएका थिए ।

१६ ओभरसम्म टिकेपनि कप्तान ज्ञानेन्द्र मल्लको ब्याट आज चल्न सकेन । ४३ बलको सामना गरेका कप्तान मल्ल ४३ रन बनाउँदै १७ औ ओभरमा आउट भए ।

कमेन्ट गर्नुहोस्