गौरिका र एलेक्जेन्डर टोक्यो ओलम्पिक पौडीमा सहभागि हुने

काठमाण्डौः आउँदो वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर शाहले सहभागिता जनाउने भएका छन् ।

पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार टोक्यो ओलम्पिकमा नेपालबाट २ जना खेलाडी सहभागिता जनाउन पाउने भएकाले गौरिका र शाहले खेल्ने बताउनुभयो ।

गएको जुलाईमा दक्षिण कोरियामा भएको १८ औं फिना च्याम्पियनसिपमा नेपालबाट गौरिका र सोफिया शाह तथा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

फिना च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपालबाट टोक्यो ओलम्पिकमा गौरिका र एलेक्जेन्डरले खेल्ने भएका हुन् ।

फिना विश्व च्याम्पियनसिपमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ०० दशमलव ६२ सेकेण्डको समय निकालेकी थिइन् । त्यस्तै २ सय मिटरको फ्रिस्टाइलमा २ मिनेट १३ दशमलव ०० सेकेण्डन्डको समय निकालेकी थिइन् ।

एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइलमा ५६ दशमलव २८ सेकेन्डको टाइमिङ निकालेका थिए ।

कमेन्ट गर्नुहोस्