सागः माल्दिभ्ससँग नेपाल १-० ले पछाडि

काठमाडौंः  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल १(० गोल अन्तरले पछि परेको छ ।

माल्दिभ्सका यू(१९ टिमका कप्तान समेत रहेका इब्राहिम महुदी हुसैनले डिबक्स भित्रबाट गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका हुन् ।

आज माल्दिभ्सविरुद्ध नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेको छ ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्