१३ औँ सागः माल्दिभ्सविरुद्ध नेपाल २–१ ले अगाडि

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबल अन्तर्गत माल्दिभ्सविरुद्ध नेपालले २–१ गोलको अग्रता बनाउको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा २–१ को अग्रता बनाएको हो ।

खेलको ५१ औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका हुन् ।

खेलमा सुरुवाती अग्रता भने माल्दिभ्सले बनाएको थियो । १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई खेलमा फर्काए । अभिषेकले डिबक्स बाहिरबाट भली गोल गरेका थिए । आज माल्दिभ्सविरुद्ध नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेको छ ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

कमेन्ट गर्नुहोस्