श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु

झापाः श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको ज्यान गएको छ । ज्यान गुमाउनेमा कमल गाउँपालिका–७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार कमल गाउँपालिका–७ बाह्रघरे चोकस्थित पाडाजुंगी–गौरीगञ्ज भित्री सडक खण्डमा शनिबार सो दुर्घटना भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाइकल तुलसीराम धिमालले कुदाइरहेको अवस्थामा पछाडि सवार उनकी श्रीमती ज्ञानदेवी सडकमा लडेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पुर्‍याएलगतै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्