नेपालसँग पराजितपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त

काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली केल कुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीसँग माल्दिभ्सको राष्ट्रिय फुटबल टोली पराजित भएपछि टिमका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई बर्खास्त गरिएको छ ।

माल्दिभ्स आज नेपालविरुद्ध २–१ गोल अन्तरले हारेपछि माल्दिभ्स फुटबलले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।

याे पनि पढ्नुस  १३ औँ सागः फाइनल प्रवेशका लागि बंगलादेशसँग भिड्दै नेपाल

शनिबार भएको साग अन्तर्गत पुरुष फुटबलमा खराब प्रदर्शन गरेपछि प्रशिक्षक पिटरलाई बर्खास्त गरेको माल्दिभ्स फुटबलले सामाजिक सञ्जाल फेसबुकबाट बर्खास्त गरेको जनाएको छ ।

‪Upon discussion with the Head Coach, we have come to an amicable agreement to end the contract between him and @…

Posted by Football Association of Maldives on Saturday, December 7, 2019

कमेन्ट गर्नुहोस्