चितवनमा अटो पल्टिँदा ५ को मृत्यु, १ जना गम्भीर घाइते

चितवनः अटो पल्टिँदा चितवनमा पाँच जनाको ज्यान गएको छ ।

जिल्लाका राप्ती नगरपालिका–४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

याे पनि पढ्नुस  कप्तान पारस खड्का चितवनमा

ज्यान गुमाउनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका–३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए । अन्य चारजनाको परिचय खुल्न बाँकी रहेको जनाइएको छ ।

साँझा ६ः१५ बजे भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा ३ पुरुष र २ महिला रहेको जनाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा अटोका चालकसहित ६ जना गम्भीर घाईते भएका थिए ।

याे पनि पढ्नुस  बालिका बलात्कारको आरोपमा चितवनमा एकजना पक्राउ

तीन जनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एक अन्दाजी २५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्