दैलेखः भारतको गुजरातमा टिपरले टक्कर दिँदा एक नेपालीको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–१० गमौडीका महेन्द्र खत्री रहेका उनका आफन्त सूर्यबहादुर थापाले बताए ।
थापाका अनुसार सडकमा हिँडिरहेका बेलामा पछाडिबाट आएको टिपरले ठक्कर दिँएर घटनास्थलमा नै खत्रीको शनिबार मृत्यु भएको बताए ।
उनी पूर्व नेपाल पुलिस रहेको र कामको सिलसिलामा केही महिना अगाडि मात्र भारत गएका थिए ।