काठमाडौंः चितवनमा जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
यसैबीच चितवनको भरतपुरमा आयोजित नारायणी महोत्सवबाट घुम्तीचोकमा रहेको सूर्योदय युवा क्लबले पनि रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
क्लबले संकलन गरेको ५० हजार १ सय ५५ रुपैंया सहयोग शनिबार धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको छ ।
सहयोग गर्ने सबैलाई धुर्मुस–सुन्तली फाउण्डेशनले धन्यवाद दिएको छ ।
सुरुवातका दिनमा केही कठिनाई आए पनि अहिले भने रंगशालाको निर्माण कार्य धमाधम भइरहेको छ ।
जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी चितवनको भरतपुरमा आयोजित…
Posted by Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन on Saturday, December 7, 2019