चितवनमा अटो दुर्घटनाः मृतक ४ जनाको परिचय खुल्यो

चितवनः चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो पल्टिँदा ज्यान गुमाएका चारै जनाको परिचय खुलेको छ । दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीया मीना खड्का र राप्ती नगरपालिका–९ रसौलीका ३२ वर्षीया माया तामाङको परिचय खुलेको छ ।

अन्दाजी ४० वर्षीय एक महिलाको परिचय अझै खुलेको छैन् । मृतक पाँचै जनाको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए । चितवनमा अटो पल्टिँदा पाँचजनाको मृत्यु, एक गम्भीर घाइते दुर्घटनामा घाइते भएकामध्ये चारजनाको पुरानो मेडिकल कलेज र दुईजनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

अटो चालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणीराम गिरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । राप्ती नगरपालिका–४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गईरहेको ना १ ह ६४०९ नम्बरको अटो शनिवार साँझ अनियन्त्रित भई पल्टिदा त्यसमा सवार ५ जनाको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्