उद्योगमन्त्री भट्टद्वारा अत्तरिया–चैतन्यपुर जोड्ने मोटरेवल पुलको शिलान्यास

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा पर्ने अत्तरिया-चैतन्यपुर पूलको शिलन्यास गरिएको छ । नेपाल सरकारका उधोग बाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले शनिवार एक कार्यक्रमका बिच अत्तरिया-चैतन्यपुर जोड्ने पूलको शिलन्यास गरेका हुन् ।

पूलको शिलन्यास पछि बोल्दै मन्त्री भट्टले विकास निर्माणका काममा सबैको साथ सहयोग आवश्यक रहेको बताए । चैतन्यपुरका जनताको बर्षै देखीको माग एउटा पक्की पुलको रहेकोमा अहिले त्यो सपना पनि पुरा भएको मन्त्री भट्टले बताए । उनले विकास भन्ने कुरा एकै चोटी नहुने हुदा यसका लागि केहि धैर्यता गनुपर्ने बताए ।

अब सुदुरपश्चिम प्रदेशमा रोजगारी सिर्जना गर्न कम्तीमा पनि दुईओटा औधोगीक क्षेत्रलाई तत्काल सुरु गर्नुपर्ने देखिएको छ मन्त्री भट्टले भने सबैको साथ सहयोग पाइएमा औधोगीक क्षेत्रको विकाशमा कुनै कमी हुन दिने छैन । गोदावरी नगरपालीकाका नगरप्रमुख हरि सिं साउदको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा उधोग बाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालीकाका वडाध्यक्षहरु, कार्यपालीका सदस्यहरु, नगरपालीकाका निमित्त प्रसासकिय अधिकृत, स्थानिय समाजसेवी, बुद्धीजिबी लगायतको उपस्थिति रहेको थियो ।

६० मिटर लम्बाई र ७ मिटर चौडाई रहेको उक्त पुल २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी रमन केएस जेभीसँग ६ करोड ८७ लाख १८ हजार ९ सय ७ रुपैयामा ठेक्का सम्झौता भएको छ । बर्षैदेखी पुल अभावमा समस्या झेल्दै आएका चैतन्यपुर बासी पुल बन्ने भएपछि निकै हर्षित भएका छन । पुल बनेपछि अब वडा नं. १ संगै वडा नं। ६ र ८ स्थानियबासीले प्रत्यक्ष लाभ लिनेछन् ।

कमेन्ट गर्नुहोस्