लमजुङमा बस दुर्घटना हुँदा एकको मृत्यु, ४ जना गम्भीर घाइते

लमजुङः लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका–७ पाउँदीमा आइतबार विहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खसेको प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले बताए । उनका अनुसार उक्त घटना विहान ७ बजेतिर भएको हो । बस दुर्घटना हुँदा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० बर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

याे पनि पढ्नुस  धादिङमा बस दुर्घटनाः ५ घाइते, ४ जनाको अवस्था गम्भीर

गम्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्च भएका छन् । १ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त बसमा करिव १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडि छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्