डेढ करोड रुपैयाँ चन्दा माग गर्ने विप्लवका सिन्धुली जिल्ला सेक्रेटरी पक्राउ

सिन्धुलीः ठेकेदारसँग डेढ करोड रुपैयाँ चन्दा माग गर्ने नेत्रविक्रम चन्द विप्लव समुहका सिन्धुली जिल्ला सेक्रेटरी कपिल भनिने शेरबहादुर वाइबा पक्राउ परेका छन् ।

सिन्धुलीका प्रहरी प्रमुख (एसपी) चक्रबहादुर सिंहका अनुसार चन्दा आतंक, आगजनी तथा संगठित अपराधमा संलग्न भएको आरोपमा वाइवालाई नियन्त्रणमा लिएको हो । वाइबा माथि गत मंसिर ३ गते दुधौली नगरपालिका–१३ अरुणठाकुरमा निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको स्काभेटरमा आगजनी गरेको आरोप छ।‘

‘वाइबाले ठेकेदार बम्जनको स्काभेटरमा आगजनीलगायत जिल्लामा अशान्ती क्रियाकलापमा संलग्न भएको विशेष सूचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको हो,’ सिंहले भने ।

हरिहरपुरगढी गाउपालिका ३, गुर्जी निवासी वाइबाले ठेकेदार क्षेत्रसँग एक करोड ५० लाख रुपैयाँ चन्दा माग गरेको र त्यसको स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्