साग फुटबलः फाइनल प्रवेश गर्न बंगलादेशको सामना गर्दै नेपाल

काठमडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज बंगलादेशी टिमसँग खेल्दै छ । नेपाल–बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज साँझ ५ बजेदेखि सुरु हुँदैछ ।

दशरथ रंगशालामा हुने खेलमा नेपाललाई फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । बंगलादेशलाई भने फाइनल पुग्न जित अनिपार्य छ ।

याे पनि पढ्नुस  १३ औँ सागः श्रीलंकाद्वारा नेपाललाई ११७ रनको लक्ष्य

तालिकामा नेपालको ७ अंक रहँदा बंगलादेशले ४ अंक जोडेका छ । श्रीलंका र माल्दिभ्सको भने समान २–२ अंक रहेको छ । आजको विजेता टिमले सागको स्वर्ण पदका लागि भुटानविरुद्ध खेल्ने छ ।

कमेन्ट गर्नुहोस्