सुरक्षाकर्मीको आँखा छल्दै पर्खाल नाखेर राष्ट्रपति नजिक पुगेपछि…

जोधपुरः सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने राष्ट्रपतिको भ्रमणका बेला भारतमा भने एउटा अचम्मको घटना भएको छ । एकजना व्यक्तिले आधा दर्जन सुरक्षाकर्मीका आँखा छल्दै राष्ट्रपतिका अगाडि पुगेका छन् ।

समाचार अनुसार, भारतीय राष्ट्रपति रामनाथ कोविन्द जोधपुरको सर्किट हाउसमा बनाइएको अस्थायी डोममा बिहानको नास्ता गरिरहेको बेला एकजना युवक उनको अगाडि पुगेका हुन । नाश्ता गरिरहेको बेला कुर्ता पाइजामा र कोट लगाएको व्यक्ति अचानक राष्ट्रपति सामु पुगेर खुट्टा समात्न पुगेपछि सबै झस्किएका थिए ।

तर लगत्तै प्रहरीले ती व्यक्तिलाई गिरफ्तार गरेका छन् । जाँच गर्दा उनीसँग कुनै संदिग्ध बस्तु भने भेटिएको छैन ।

दिनेशचन्द्र रांकावत नाम गरेका ती युवाले मुख्य गेटसँगै जोडिएको पर्खाल र फलामको रेलिङ नाघेर राष्ट्रपति समक्ष पुगेका थिए । गेट नजिक ६ जना सुरक्षाकर्मी ड्यूटीमा थिए । सबैलाई निलम्बित गरिएको छ ।

सर्किट हाउसमा सुरक्षा व्यवस्थाको जिम्मेवारी एसपी जीआरपी ममता राहुलाके थियो । उनीसँगै १२४ जनाको सुरक्षा दस्ता थियो । सादा पोशाकमा समेत प्रहरी थिए ।

सर्किट हासउको चारैतर्फ ५ सय मिटरसम्म कुनै बाहन र अपरिचित व्यक्तिको आवागमनमा पूर्ण निषेध गरिएको थियो । त्यति हुँदा पनि ती व्यक्ति राष्ट्रपति सामु पुग्न सफल भएपछि यसले सुरक्षा व्यवस्थामा ठूलो प्रश्न समेत उठाएको छ ।

कमेन्ट गर्नुहोस्