बेलौरी नाकाको स्तरोन्नतिको माग गर्दै उद्योगमन्त्री भट्टलाई ज्ञापन पत्र

कञ्चनपुरः बेलौरी नाका स्तरोन्नतिको माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाइएको छ । आइतबार कैलालीको अत्तरियास्थित मन्त्री भट्टकै निवासमा पुगेर सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरी र उद्योग वाणिज्य संघ बेलौरीको टिमले ज्ञापन पत्र बुझाएको हो ।

याे पनि पढ्नुस  भारतसँगको विवाद कुटनीतिक तवरले हल गर्नुपर्छः नेता भट्ट

ज्ञापन पत्र बुझ्दै मन्त्री भट्टले बेलौरी नाकाको स्तरोन्न्तिका लागि पहल गर्ने बताए । मन्त्री भट्टले बेलौरीसहित सुदुरपश्चिम र सिङ्गै देशमको आर्थिक विकासमा जुट्ने प्रतिवद्धता जनाए ।

सन् १९७१ सालमा स्थापना भएको बेलौरी भन्सारको एक सय पाँच वर्ष बितिसक्दा पनि स्तरोन्नति भएको छैन । विस २०१९ सालमा कञ्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सारेपछि उक्त नाका ओझेलमा परेको छ ।

कमेन्ट गर्नुहोस्