सहकारीमा बम बिष्फोट गराउने विप्लवका मेचीनगर ईन्चार्ज पक्राउ

काठमाडौंः सहकारीमा बम बिष्फोट गराउने विप्लवका मेचीनगर ईन्चार्ज पक्राउ पक्राउ परेका छन् । झापा शिवसताक्षी नगरपालिका, ४ पाँचगाछीका याम कुमार गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले तिनकुनेबाट पक्राउ गरेको हो ।

विप्लव समुहका झापा जिल्लाका सदस्यसमेत रहेका गिरीले झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्