तनावग्रस्त कोहलपुरः प्रदर्शनकारीको ढुंगामुढाबाट डीएसपीसहित ९ प्रहरी घाइते

बाँकेः कोहलपुरमा ट्रकको ठक्करबाट घाइते भएपछि भएपछि उत्पन्न तनावले उग्र रुप प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

झडपको क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । उनीहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाको विरोधमा भएको प्रदर्शनमा १५ जना विद्यार्थी तथा स्थानीय घाइते भएका छन् ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ भने केही राउण्ड हवाई फायर पनि भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले स्थिती अनियन्त्रित बन्दै गएको भन्दै कफ्यु लगाउनेबारे छलफल भइरहेको बताए ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । पाँच नम्बर प्रदेश प्रहरीका प्रवक्ता नवराज पोखरेलका अनुसार घाइते बालिकाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्