भारतमा युवतीमाथि फेरी सामूहिक बलात्कारः २ महिनादेखि यौन शोषणपछि जिउँदै जलाइयो

नयाँ दिल्लीः भारतमा बलात्कारका घटना दिनप्रतिदिन बढिरहेका छन् । हैदराबाद र उन्नागमा भएका सामूहिक बलात्कारका घटनापछि त्रिपुरामा पनि एकजना किशोरीमाथि सामूहिक बलात्कारपछि हत्याको घटना सार्वजनिक भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार, भारतको त्रिपुरा राज्यमा १७ वर्षीय युवतीलाई बन्धक बनाएर दुई महिनासम्म सामूहिक यौन शोषणपछि आगो लगाएर हत्या गरिएको हो ।

युवतीलाई उनकै प्रेमी र प्रेमीकी आमाले जिउँदै जलाएर मारेका हुन । समाचार अनुसार, युवतीलाई बन्धक बनाएर उल्टै ५० हजार रुपैयाँ माग गरिएको थियो ।

पीडित परिवारसँग पुरै पैसा नभएको बताएपछि युवक र उसकी आमाले मिलेर युवतीलाई जिउँदै आगो लगाएका थिए । अस्पताल पुग्दाखेरि युवतीको मृत्यु भइसकेको थियो ।

प्रहरीले आरोपीलाई पक्राउ गरी घटनाको छानबीन शुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्