एक लाख ७४ हजार कित्ता ऋणपत्र लिलामीका लागि मूल्य घटाएर दोस्रो पटक आवेदन माग

काठमाडौंः एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले आफ्नो स्वामित्वमा रहेको १ लाख ७४ हजार कित्ता ऋणपत्र मंसिर २० गते शुक्रबारदेखि मूल्य घटाएर दोस्रो पटक लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ परिपक्क भएपछि उसले पहिलो पटक मंसिर ५ गते ११ गतेसम्म लिलामी बिक्रीमा ल्याएको थियो । सो अवधिमा एक कित्ताका लागि आवेदन नपरेपछि दोस्रो पटक मूल्य घटाएर बिक्रीमा ल्याएको हो ।

उक्त ऋणपत्रमा मंसिर २६ गतेसम्म बोलपत्र पेश गर्ने सकिनेछ । न्यूनतम १ हजार इकाइ वो सोभन्दा बढी १०० अंकले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण इकाई खरीदका लागि आवेदन बोलपत्र पेश गर्न सकिनेछ ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ११५ एनआईसी एसिया डिबेञ्चर २०८२र८३ को ६० हजार इकाई न्यूनतम १००१ रुपैयाँ, १०.५५ एसबीएल डिबेञ्चर २०८२ को ५० हजार इकाई न्यूनतम ९७५ रुपैयाँ, १०५ सानिमा डिबेञ्चर २०८५ को ५० हजार इकाई न्यूनतम ९६३ रुपैयाँ, ८५ बीओके डिबेञ्चर २०७९ को १० हजार इकाई न्यूनतम ९२७ रुपैयाँ, र ८५ इबीएल डिबेञ्चर २०७८ को ४ हजार इकाई न्यूनतम ९३५ रुपैयाँ देखि बढाबढ मूल्यमा खरीद गर्न सक्नेगरि बिक्रीमा ल्याएको हो ।

यसअघि फण्डले यी डिबञ्चेरहरुको मूल्य क्रमशः ११५ एनआईसी एसिया डिबेञ्चर २०८२र८३ को न्यूनतम १०५४ रुपैयाँ, १०.५५ एसबीएल डिबेञ्चर २०८२ को १०२७ रुपैयाँ, १०५ सानिमा डिबेञ्चर २०८५ को १०१४ रुपैयाँ, र ८५ बीओके डिबेञ्चर २०७९ को १० हजार इकाई र ८५ इबीएल डिबेञ्चर २०७८ को ४ हजार इकाइको न्यूनतम १००० रुपैयाँ वा सोभन्दा बढीमा आवेदन गर्न सकिनेगरि बिक्रीमा ल्याएको थियो ।

गत कार्तिक २ गते योजनाको अवधि परिपक्क भएपछि इकाईधनीले रकम फिर्ता गर्न फण्डले सो ऋणपत्र बिक्री गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्