महिला न्यायाधिशमाथि अदालतभित्रै रक्सी सेवन र यौन सम्बन्ध राखेको आरोप

केन्टुस्कीः अमेरिकाको केन्टुस्कीका प्रान्तका एकजना न्यायाधिशमाथि अदालतभित्रै यौनसम्बन्ध राखेको आरोप लागेको छ ।

केन्टन काउन्टी अन्तर्गतको फेम्ली कोर्टका न्यायाधिश डन गेन्ट्रीमाथि पद र शक्तिको दुरुपयोग गर्दै अदालतभित्रै यौनसम्बन्ध राख्नुका साथै आफ्ना कर्मचारीलाई निर्णय प्रभावित गर्न दबाब समेत दिएको आरोप लगाइएको छ ।

एटर्नी जनरल रिचार्ड गोल्डबर्गले उनीमाथि निकै संगीन आरोप लागेको हुँदा प्रमाणित भएमा उनको जागिर गुम्ने बताएका छन् । बार एशिोसिएसन अन्तर्गतको कमिटिमा रहेर गेन्ट्रीको मुद्दा हेरिरहेका रिचार्ड गोल्डबर्गले अदालतभित्रै कार्यालय समयमा यौन गतिविधिमा संलग्न भएको कुरा निकै गम्भीर भएको बताएका हुन ।

गेन्ट्रीले भने आरोपमा कुनै सत्यता नभएको दावी गरेकी छन् ।

कमेन्ट गर्नुहोस्