साग महिला क्रिकेटः श्रीलंकामाथि रोमाञ्चक जित निकाल्दै बंगलादेशले जित्यो स्वर्ण

पोखराः श्रीलंकामाथि रोमाञ्चक जित निकाल्दै बंगलादेशले १३ औं साग अन्तर्गत महिला टी–२० क्रिकेटमा स्वर्ण जितेको छ । बंगलादेशसँग दुई रनले पराजित श्रीलंकाले रजतमा चित्त बुझायो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।

९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८९ रनमा अलआउट भयो ।

कमेन्ट गर्नुहोस्