१३ औं सागः चौथो स्वर्ण जित्नबाट चुकिन् गौरिका

काठमाडौ‌ंः १३ औं साग अन्तर्गत महिला ५० मिटर ब्याकस्ट्रोक पौडी खेलमा नेपाली पौडीबाज गौरिका सिंहले रजत पदकमा चित्त बुझाएकी छन् । यो खेलमा भारतकी पौडीबाज मन्ना राजिव पटेलले स्वर्ण पदक पाएकी छन् ।

गैरिकाले निर्धारित दूरी २९.७१ सकेन्डमा र पटेलले २८.९४ सेकेन्डमा पार गरिन् । आइतबार मात्रै भएको ४ सय मिटर फ्रि–स्टाइलमा गौरिकाले स्वर्ण पदक पाएकी थिइन् । गौरिका आइतबारकोसहित तीन ओटा स्वर्ण पदक विजेता बनेकी छन् ।

कमेन्ट गर्नुहोस्